शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सिडी बिजयको आवाजमा ‘आमा मलाई माफ गर’

सिडी बिजयको आवाजमा ‘आमा मलाई माफ गर’

  • बुधबार, माघ २३, २०७५
सिडी बिजयको आवाजमा ‘आमा मलाई माफ गर’

काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल रियालिटी शो’ का बिजेता सिडी बिजय अधिकारीको आवाजमा ‘आमा मलाई माफ गर’ आधुनिक गीत सार्वजनिक भएको छ । उक्त गीतमा अञ्चल शाहिली शब्द सृजना गरेका छन् भने रमेश बाबु थापाले संगीत भरेका छन् । त्यस्तै मारुनी स्टुडियोमा रेकर्ड गरिएको सोही गीत बिश्वास नेपालले एरेन्ज गरेका छन् ।

रमेश बाबु थापाकै निर्देशन साथै आमाको स्मरणमा तयार भएको सोही गीतको भिडियो दुर्गा पौडेलको छायांकन छ भने नबिन घर्ति मगरले सम्पादन गरेका छन् । एकता फिल्मस् ले दृश्य निर्माण गरेको उक्त भिडियो अञ्चल शाहिकै युट्युब च्यानलमार्फत गत मंगलबार सार्वजनिक भएको छ ।

अनिता पन्त, अञ्चल शाही र फुल पुन मगरले सोही भिडियोमा अभिनय गरेका छन् । यस गीत फरक तरिकाबाट सृजना गर्नुका साथै गीत संगीतको मौलिकतालाई समावेश गराएर केही महिना अगाडी मात्रै सम्पन्न ‘द भ्वाइस अफ नेपाल रियालिटी शो’ का बिजेता सिडी बिजय अधिकारीलाई गायनमा समावेश गराएको रमेश बाबु थापाले दाबि गरे ।

त्यस्तै संसारमा आमा भनेको भगवान स्वरुप लिइने गरेको र सबै नेपालीका जन्मदिने आमाकै नाममा गीतको शब्द सृजना गर्नमा आफु प्रेरित भएको अञ्चल शाहीले जिकिर गरे । स्याङ्गजा जिल्ला चिसापानीमा जन्मिएका रमेश बाबु थापा २०६९ साल चैत २८ गते यही कलाकारिताकै लागी रहरले काठमाडौँ हानिएका थिए ।

उनै थापा पछिल्लो समयमा आफै गीत गाउनदेखि लिएर अभिनय, निर्देशन लगायत मगर चलचित्रमा समेत मुख्य नायकको भूमिका निभाउदै आएका छन् । थापा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समिति काठमाडौँ नयाँ बसपार्क समितिका अध्यक्ष हुन् भने यही गीतका सर्जक अञ्चल शाही प्रथम उपाध्यक्ष रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार