बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • पर्यटन
  • आहा ! तिलिचो तालको सौन्दर्य

आहा ! तिलिचो तालको सौन्दर्य

  • बुधबार, माघ २३, २०७५
आहा ! तिलिचो तालको सौन्दर्य

नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल समुद्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा अवस्थित छ । ताल वरिपरि मुक्तिनाथ, तिलिचो हिमाल, नीलगिरि हिमशृंखलाले ताललाई मनमोहक र आकर्षक बनाएको छ ।

तिलिचो ताल माथिल्लो मनाङबाट करिब ४५ किमी दूरीमा पर्छ । काठमाण्डौबाट लमजुङको बेँसीशहर हुँदै मनाङको खाङसारसम्म गाडीमा जान सकिन्छ । बेँसीशहरबाट एकै दिनमा खाङसार पुग्दा लेक लाग्ने जोखिम हुने भएकाले पिसाङ र मनाङमा बास बसी काठमाण्डौंबाट हिडेको चौथो दिनमा खाङसार पुग्नु राम्रो हुन्छ । ।
खाङसारमा बास बसी पाँचौं दिन तारे गुम्बा र श्रीखर्क हुँदै लगभग आठ घण्टाको पैदल यात्रापछि तिलिचो बेस क्याम्प पुग्न सकिन्छ । बेसक्याम्पबाट झन्डै तीन घण्टाको उकालोपछि छैठौं दिनमा तिलिचो ताल पुग्न सकिन्छ ।

तालसम्म पुग्ने बाटो उकालो र कठिन भए पनि तालमा पुगिसकेपछि ती सम्पूर्ण पीडाहरु भुलिन्छन् । वरिपरि हिमाल र वीचमा सफा कञ्चन नीलो तालको मनमोहक दृश्यले सम्पूर्ण थकान बिर्साउँछ ।

स्वर्गको वर्णन सुनिरहँदा सायद स्वर्ग यस्तै हुन्छ होला भनि कल्पना गर्न सकिन्छ ।
बाटोमा खान बस्नका लागि लज तथा चिया पसलहरु सहजै पाइन्छन् ।

तर, पर्यटक मौसमका बेला खाङसार र बेस क्याम्पमा कहिलेकाँही डाइनिङ रुममा समेत सुत्नुपर्ने हुन सक्छ

तिलिचो आधार शिविरबाट तिलिचो ताल अवलोकन गरेर बास बस्न फेरि त्यही आधार शिविर वा श्रीखर्कसम्म र्फकन सकिन्छ । अर्काे दिन बिहानै करिव दुई घण्टाको पैदल यात्रापछि खाङसार आई जीपबाट त्यही दिन बेलुका बेँसीशहर फर्कन सकिन्छ ।

हालैका दिनहरुमा तिलिचो ताल भ्रमण गर्न स्वदेशी पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । गाडीको बाटोले परम्परागत रुपमा स्थापित मार्गलाई छोटो तथा सहज बनाएकाले पनि पर्यटकहरुको संख्या बढेको हो ।

चर्चामा

सम्बन्धित समाचार