शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचित्र संसार
  • श्रीमतीले आधा बिल नतिरेको भन्दै होटेलमा पुलिस बोलाएपछि…

श्रीमतीले आधा बिल नतिरेको भन्दै होटेलमा पुलिस बोलाएपछि…

  • बुधबार, माघ २३, २०७५
श्रीमतीले आधा बिल नतिरेको भन्दै होटेलमा पुलिस बोलाएपछि…

लोग्ने स्वास्नीको झगडा परालको आगो भनिन्छ । तर कहिलेकाहिँ सानो निहुँमा हुने यस्तो झगडाले पनि नसोचेको परिणाम ल्याउँदो रहेछ । अस्ट्रेलियामा हालै यस्तै घटना भएको छ ।
अस्ट्रेलियाको सिड्नीमा एउटा रेस्टुरेन्टमा खान गएका लोग्ने स्वास्नीबीच पैसा तिर्ने विषयमा विवाद हुँदा पुलिस नै आउनु परेको छ ।
रेस्टुरेन्टमा खाएको बिल आधा–आधा तिर्नका लागि पत्नीले नमानेपछि लोग्नेले पुलिस बोलाएका थिए ।
उक्त रेस्टुरेन्टमा पत्नीले चाइनिज फुड अर्डर गरिन्, दवै जनाका लागि । तर खाइसकेपछि बिल तिर्ने बेलामा भने लोग्नेलाई अह्राइन् । त्यो कुरा लोग्नेलाई चित्त बुझेन । आधा–आधा रकम तिर्नुपर्ने अडान उनले राखे । त्यसमा पत्नी सहमत नभएपछि उनले पुलिसलाई आकस्मिक नम्बरमा फोन गरेर बोलाए ।
तर पुलिसले अनावश्यक कुरामा इमर्जेन्सी नम्बरमा फोन गरेर पुलिसलाई दुःख दिएको भन्दै उल्टै ती पुरुषलाई कारबाहीका लागि गाडीमा हालेर लगेका थिए ।
एजेन्सी

चर्चामा

सम्बन्धित समाचार