बिहीबार बिहानदेखि मौसममा सुधार हुने
बाजुरा — बिहीबारदेखि मौसममा क्रमिक सुधार हुने मौसमविदले बताएका छन् । आज दिनभरी नै पानी पर्ने र बुधबार रातिदेखि वर्षा कम हुँदै जाने पूर्वानुमान छ । ‘सुदूरपश्चिम, कर्णाली प्रदेशमा आजैबाट मौसममा सुधार भइरहेको छ, सुधारको यो क्रम पूर्वतिर सरिरहेको छ,’ मौसमविद् रोजन लामिछानेले भने, ‘आजै रातिदेखि कोशी प्रदेशभन्दा पश्चिमतिर झन् बढी सुधार हुने देखिन्छ ।’ […]