दाङमा एक लाख ३३ हजार नगदसहित १० जना जुवा खालबाट पक्राउ
दाङमा जुवा खालबाट एक लाख ३३ हजार रुपैयाँ नगदसहित १० जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–१७ वनकट्टाका देवबहादुर वलीको घरमा कौडा खेलिरहेको गोप्य सूचनको आधारमा प्रहरीले छापा पारेको थियो । पक्राउ पर्नेमा तुलसीपुर–१७ बनकट्टा बस्ने ५७ वर्षीय भीम वली, सोही ठाउँकै ४९ वर्षीय लुमा सिंह बस्नेत, ३२ वर्षीय नरबहादुर चौधरी, ५८ वर्षीय केशरबहादुर वली, […]