आइतवार, मंसिर २३, २०८१
  • होमपेज
  • समाचार
  • अरिंगालले टोक्दा बझाङमा दिदीभाइको ज्यान गयो

अरिंगालले टोक्दा बझाङमा दिदीभाइको ज्यान गयो

  • आइतवार, कार्तिक १८, २०८१
अरिंगालले टोक्दा बझाङमा दिदीभाइको ज्यान गयो

बझाङ— अरिंगालको टोकाइबाट बझाङका दुई जना बालकको ज्यान गएको छ । थलारा गाउँपालिका वडा नम्बर २ डोरगाउँका ३ वर्षीय सुरबिर खाती र ५ वर्षीया सिया खातीको मृत्यु भएको हो । उनीहरू दिदीभाइ हुन् ।

अरिंगालको टोकाइबाट अन्य तीनजना घाइते भएको थलारा गाउँपालिकाका प्रवक्ता रविन्द्र खातीले बताए। उनका अनुसार घाइते हुनेमा मृतककी सात वर्षीया दिदी सुमी खाती, आमा डम्मरा खाती र ५८ वर्षीया हजुरआमा रहेकी छन् । उनीहरूको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ ।

शनिबार दिउँसो घर नजिकै घाँस काट्ने क्रममा बिच्किएका अरिंगालले उनीहरूलाई टोकेको र उपचारको क्रममा बालबालिकाको मृत्यु भएको प्रवक्ता खातीले जानकारी दिए । तिहारको समयमा भएको यो घटनापछि डोरगाउँ शोकमा डुबेको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार