सुदूरपश्चिम प्रदेशमा कतिपय स्वास्थ्यका सूचक निराशाजनक
धनगढी– सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहे पनि कतिपय सूचकमा अझै सुधार आउन सकेको छैन। सुरक्षित मातृत्व सेवा, पोषण कार्यक्रम, क्षयरोग, एचआइभी एड्सलगायत रोगको सूचकमा सुधार हुन नसकेको तथ्याङ्क छ। धनगढीमा आज सुरु भएको आर्थिक वर्ष २०८०/८१ को एकीकृत वार्षिक समीक्षा गोष्ठीमा स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत मोहनदेव भट्टले सुरक्षित मातृत्वतर्फ स्वास्थ्य संस्थामा […]