अधिकांश जनप्रतिनिधि डोजर मालिक : विकासमा जनप्रतिनिधिकै जेसिबी
काठमाडौं — प्यूठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष पवित्रा जीसीले १५ वर्ष अगाडी नै दुईवटा डोजर किन्नुभयो । उपाध्यक्षमा निर्वाचित हुनुअघि नै उहाँले डोजर खरिद गरेपनि आफूले कुनै पनि विकास निर्माणको काममा सहभागिता नजनाएको उहाँको दावी छ । उपाध्यक्ष जीसी भन्नुहुन्छ, ‘डोजर त मेरै नाममा हो । तर, काम श्रीमान र छोराले गर्नुहुन्छ । आफ्नै गाउँपालिकामा भन्दा […]