देश सरकारले चलाउने हो, संयन्त्रले हैन : शेखर कोइराला
विराटनगर —नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले देश संयन्त्रले नभइकन सरकारले चलाउनुपर्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्रबाट देश चलान खोजिरहेको उनको आरोप छ। ‘देश सरकारले चलाउने हो। संयन्त्रले हैन। तर, यहाँ संयन्त्रमार्फत प्रधानमन्त्रीले चलाउन खोजेजस्तो देखिन्छ,’ विराटनगरस्थित कोइराला निवासमा बुधबार बिहान नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार भेटघाटमा कोइरालाले भने। उनी भन्छन्, […]