आइतवार, फाल्गुन ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • मार्तडीमा निर्माण गरिएको चिस्यान गृह सञ्चालनमा

मार्तडीमा निर्माण गरिएको चिस्यान गृह सञ्चालनमा

  • मङ्लबार, माघ ८, २०८१
मार्तडीमा निर्माण गरिएको चिस्यान गृह सञ्चालनमा

बाजुरा—बाजुराको सदरमुकाम मार्तडीमा निर्माण गरिएको चिस्यान गृह सञ्चालनमा आएको छ । मंगलवार बडिमालिका नगरपालिका ६ का किसानले उत्पादन गरेका आर्गनिक सुन्तला भण्डार गर्दै चिस्यान गृह सञ्चालनमा ल्याइएको हो ।

सदरमुकाम मार्तडीमा बडिमालिका नगरपालिका र सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालयको करोडौंको लागनीमा कृषि उपज केन्द्रसँगै चिस्यान गृह निर्माण गरिएका छन् ।

बडीमालिका नगरपालिका ६ का अध्यक्ष कृष्ण खड्काले कोर्धका कृषक गगी बडुवाल सहित बडीमालिका कृषक समूहको ५० क्रेड मध्ये अहिले २१ केरेड सुन्तला चिस्यान गृहमा राखिएको बताएका छन् । उनका अनुसार गाउँमा केही बिक्री भइसकेको छ भने ५० के्रड सहित बाँकी रुखमा फलेको सबै सुन्तला चिस्यान गृहमा भण्डार गरिने भएको छ ।

त्यस्तै बडीमालिका नगरपालिका नगर प्रमुख अमर बहादुर खड्काले जिल्लामै चिस्यान गृह बनेपछि याँहा उत्पादन हुने तरकारी तथा फलफूल लामो समयसम्म भण्डार गर्न सकिने बताए ।

नगर प्रमुख खड्कासँगै प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझी, जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया, वडा नम्बर ६ का अध्यक्ष कृष्ण खड्का, कर्मचारी, कृषक लगायतको सहभागीतामा आर्गनिक सुन्तला भण्डार गर्दै चिस्यान गृह सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ ।

२०८१ साउनमै संरचनाहरु बनेर अहिले चिस्यान केन्द्र सञ्चालनमा आएपनि कृषि उपज केन्द्र भने हालसम्म सञ्चालनमा आउन सकेको छैन् । नगरपालिकाले भने कृषि उपज केन्द्रका सटर भाडामा गइसकेकाले लगत्तै सञ्चालनमा आउने बताएको छ । चिस्यान केन्द्रसँगै कृषि उपज केन्द्र सञ्चालनमा आए जिल्लाका किसानहरुको बारीमा उत्पादन हुने कृषि उपज भण्डार तथा बिक्री वितरणमा ठुलो सहयोग पुग्ने विश्वास गरिएको छ ।

मंसिर १ गते कोदो दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले उक्त कृषि उपज केन्द्रको उद्घाटन गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार