सात महिनामा ३ भीषण आगलागी: आगो नियन्त्रणका लागि छैन दमकल
अछाम– साँफेबगर नगरपालिका-३ हाटबजारमा भीषण आगलागी भएको छ। शनिबार राति पौने ९ बजे लागेको आगो १०:१५ मा नियन्त्रणमा आएको थियो। आगलागीबाट ७ वटा पसल जलेर नष्ट भएका छन्। आगलागीबाट सुमन कुँवरको राज्यश्वरी कृषि फर्म, अशोक कुँवरको जुत्ता चप्पल पसल, महेन्द्र कार्कीको किराना पसल, बलबहादुर कुँवरको होटल, कर्ण कुँवरको एग्रोभेट सेन्टर, तपेन्द्र ठकुल्लाको फेन्सी स्टोर र […]