पञ्चेबाजा सहित जुम्लाको सरकारी टोली बाजुराको बडिमालिका प्रस्थान
जुम्ला —जुम्लाको सरकारी टोली सोमबार बडिमालिका मन्दिर तर्फ प्रस्थान गरेको छ। नाग पञ्चमीको दिन तिर्थालु सहित सरकारी टोली दिउँसो १ बजे तिर बाजुरा जिल्लामा रहेको बडिमालिका भगवती मन्दिर दर्शनको लागि गएको हो। बडिमालिका भगवतीको दर्शन गर्न जाने टोलीलाई नेपाली सेना, नेपाल प्रहरी र सरकारी तथा गैरसरकारी निकाय लगायत सर्व-साधारणले फुलमाला, अबिरसहित पञ्चेबाजाका साथ पठाएका छन्। […]