शुक्लाफाँटामा दरबन्दी अनुसार छैनन् हात्ती, रुपकलीको उमेर ६० वर्ष नाघ्यो
कञ्चनपुर— कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती अभाव हुँदा नियमित गस्तीमा समस्या भएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दरबन्दीअनुसार हात्ती नहुँदा नियमित गस्ती गर्न समस्या हुने गरेको सहायक संरक्षण अधिकृत मनोज ऐरले बताए। ‘दरबन्दीअनुसार पूर्ण हात्ती आवश्यक पर्छ, बर्खामा हात्तीकै भरमा गस्ती हुन्छ,’ उनले भने, ‘बर्खामा झाडी, तालतलैया तथा बाटो बिग्रिने भएकाले निकुञ्जको सबै ठाउँमा हिँडेर जान […]