सुदूरपश्चिममा पठाउने मन्त्रीको नाम टुंग्याउने जिम्मा अध्यक्ष रञ्जिता श्रेष्ठलाई
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्षलाई दिएको छ । आर्थिक लेनदेनसम्बन्धी अडियो बाहिरिएपछि विवादमा परेका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीको राजीनामापछि बसेको बैठकले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई दिएको हो । बैठकमा सहभागी टिकापुर नगरपालिकाका मेयर समेत रहेका रामलाल […]