सुदूरपश्चिममा आज ३७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४७ पुग्यो
धनगढी — सुदूरपश्चिममा आज थप ३७जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ३७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। कञ्चनपुर १९ जना, दार्चुला १०, डडेल्धुराका ७ र कैलाली एक जनामा कोरोना पुष्टि भएको हो। कञ्चनपुरको पुनरवास नगरपालिकाका १३ जना पुरुष, भीमदत्त नगरपालिकाका दुई महिला र […]