अनि पुष्पलाल भावुक भएर हिँड्नुभयो…
पुष्पलाल बनारस बस्दा नेपालको कम्युनिस्ट आन्दोलनका नेता एवं कार्यकर्ता मात्र होइन, नेपालको प्रजातान्त्रिक आन्दोलनसँग सरोकार राख्ने स्वदेशी र विदेशी मित्र पनि उनीसँग विशेष सम्पर्क र छलफलका लागि बनारस आउने गर्थे। पुष्पलालसँग स्वदेशी, विदेशी, ग्रामीण क्षेत्र होस् वा सहरिया, आफूसम्बद्ध पार्टी होस् वा अरु पार्टीसँग सम्बन्धित नेता–कार्यकर्ता सबैसँग घुलमिल गर्ने र सबैका भावना बुझ्ने क्षमता थियो। […]