निजी शिक्षकदेखि भूपू प्रहरीसम्म समेटेर कांग्रेसले थप्यो ११ शुभेच्छुक संस्था
नेपाली कांग्रेसले ११ वटा संस्थालाई पार्टीको शुभेच्छुक संस्थाका रूपमा मान्यता दिने निर्णय गरेको छ। सोमबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकबाट ११ शुभेच्छुक संस्था थपिएका हुन्। नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ, नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ, नेपाल लोकतान्त्रिक पर्यटन व्यावसायी संघ, नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघले […]