शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिममा सभामुखमा सत्ता गठबन्धनलाई समर्थन गर्न अध्यक्ष श्रेष्ठको निर्देशन

सुदूरपश्चिममा सभामुखमा सत्ता गठबन्धनलाई समर्थन गर्न अध्यक्ष श्रेष्ठको निर्देशन

  • सोमवार, माघ २, २०७९
सुदूरपश्चिममा सभामुखमा सत्ता गठबन्धनलाई समर्थन गर्न अध्यक्ष श्रेष्ठको निर्देशन

धनगढी– नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ धनगढी आइपुगेकी छन्। धनगढी पुगे लगत्तै उनले आफ्ना प्रदेश सांसदहरूलाई बैठकमा बोलाएकी हुन्।

धनगढीको एक होटलमा अध्यक्ष श्रेष्ठ र सांसदहरूबीच भेटवार्ता भइरहेको हो। पार्टी अध्यक्ष श्रेष्ठले सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा सत्तारुढ दललाई समर्थन गर्न निर्देशन दिएकी छन्। सोमबार धनगढी पुगेकी अध्यक्ष श्रेष्ठले प्रदेशसभा सदस्यहरूसँग भेट्दै सभामुख चयनमा सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गर्न निर्देशन दिएकी हुन्।

उनले सभामुखमा समर्थन गरे पनि प्रदेशसभा सदस्यहरूलाई प्रतिपक्षमा बस्न निर्देशन दिएकी छन्। तर, सुदूरपश्चिम प्रदेशसभामा भने सो दलका सदस्यहरू सत्तापक्षमै बसेका छन्। प्रदेशमा नागरिकले निर्णय लिन नसक्दा सुदूरपश्चिम प्रदेशले सभामुख पाउन सकेको छैन। माओवादी केन्द्रबाट भीम भण्डारी र नेपाली कांग्रेसबाट मनाबहादुर रावल सभामुखका उम्मेदवार छन्।

दुईपटकसम्म भएको चुनावमा कुनै पनि उम्मेदवारले बहुमत पाउन सकेका छैनन्। बहुमत पाउन कम्तीमा २७ सांसद आवश्यक पर्छ। दुवैको बहुमत नपुगेपछि शनिबार पनि सभामुख चयन हुन सकेको थिएन। आजको बैठक पनि स्थगित भएको थियो। ५३ जना प्रदेशसभा सदस्य रहेको यहाँ कांग्रेसका १९, माओवादीका ११, एमालेका १० नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादी ४, राप्रपाका १ र स्वतन्त्र १ सांसद छन्।

चर्चामा

सम्बन्धित समाचार