राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्छ : अध्यक्ष ओली
काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सदभावसहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । धर्म, भाषा, संस्कृतिसहितका विविधतायुक्त नेपालले सामाजिक सदभावसहितको राष्ट्रिय एकताको सुदृढीकरणमा जोड दिनुपर्ने उनले बताए । अध्यक्ष ओलीले विविधता मुलुकको सामूहिक सम्पत्ति भएको उल्लेख गर्दै त्यसको सदुपयोग गर्दै अघि बढ्नुपर्ने आवश्यकता समेत औंल्याए । […]