बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिम सरकार आज विस्तार हुँदै, को को बन्दै छन् मन्त्री ?

सुदूरपश्चिम सरकार आज विस्तार हुँदै, को को बन्दै छन् मन्त्री ?

  • शनिबार, जेष्ठ ६, २०८०
सुदूरपश्चिम सरकार आज विस्तार हुँदै, को को बन्दै छन् मन्त्री ?

कैलाली — सुदूरपश्चिम सरकार आज विस्तार हुने भएको छ । हिजै सरकार विस्तारको गृहकार्य गरिएको थियो ।तर, नागरिक उन्मुक्ति पार्टीले आज १० बजे सम्मका लागि समय माग गरेपछि हिजो सरकार विस्तार हुन सकेन।

मुख्यमन्त्री कमल बहादुर शाहले आज बाँकी रहेका चार मन्त्रालयमा मन्त्री नियुक्त गर्ने छन् ।सामाजिक विकास मन्त्रालयमा माओवादीबाट झपट साउद र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा माओवादीबाटै रमेश धामी मन्त्री बन्ने करिब टुङ्गो लागिसकेको छ ।

साउद अछामबाट र धामी कैलालीबाट निर्वाचित सांसद हुन् । माओवादीकी गीता देवी माल राज्य मन्त्रीमा नियुक्त हुने छिन् । उनको मन्त्रालय भने अझै निर्धारण भइसकेको छैन ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री बन्ने करिब पक्कापक्की जस्तै छ । नागरिक उन्मुक्ति पार्टीले लक्ष्मण किशोर चौधरीलाई पनि मन्त्री बनाउन सिफारिस गरेको छ ।

लक्ष्मण किशोर चौधरीलाई सामाजिक विकास मन्त्रालयमा मन्त्री नियुक्त गर्न संसदीय दलको कार्यालयले मुख्यमन्त्रीलाई सिफारिस गरेको भए पनि सामाजिक विकास मन्त्रालय माओवादीको भागमा परेपछि लक्ष्मण किशोर चौधरीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाउन सक्ने सम्भावना रहेको छ । तर, कांग्रेसका पृथ्वी बहादुर सिंहलाई पनि मन्त्री बनाउने कांग्रेसले तयारी गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा नागरिक उन्मुक्तिका चौधरी र कांग्रेसका सिंह मध्ये एक मन्त्री बन्ने छन् । नागरिक उन्मुक्तिले १ मन्त्रालय र १ राज्य मन्त्री लिएर सरकारमा गएको अवस्थामा सिंह आन्तरिक मामिला मन्त्री बन्ने छन् । नागरिक उन्मुक्तिलाई सरकारमा ल्याउन कांग्रेसले उक्त मन्त्रालय आफूले नराख्न सक्ने सम्भावना पनि उत्तिकै छ । यस्तो अवस्थामा सिंह मन्त्री बन्न पाउने छैनन् ।

माघ २६ मा मुख्यमन्त्री भएका कमल बहादुर शाहले २७ गते कांग्रेसकै प्रकाश देउवालाई भौतिक पूर्वाधार विकास मन्त्रालयमा र नेकपा एकीकृत समाजवादीका नरेश बहादुर शाहीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयमा नियुक्त गरेका थिए ।

त्यसपछि अहिले सम्म पनि सरकारले पूर्णता पाउन सकेको छैन ।मुख्यमन्त्री शाहले आजै सरकारलाई पूर्णता दिने दाबी गरेका छन् । साभार

चर्चामा

सम्बन्धित समाचार