बाढीपहिराेबाट १६ सय जनाभन्दा बढी विस्थापित
म्याग्दी, जाजरकोट र सिन्धुपाल्चोक — हिमालको फेदमा रहेको म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङका बस्तीहरू दक्षिणपूर्व फर्केका दर्जनभन्दा बढी पाखामा छरिएका छन् । छिमेकी मालिका गाउँपालिका–७ बिमका बस्ती पनि उसैगरी छिरोलिएका छन् । पाँच वर्ष मलेसिया बसेर फर्केपछि सुरक्षित र बलियो जग्गा खोजेर वर्ष दिनअघि मात्र बिम, मल्थानका पूर्णबहादुर परियारले घर बनाएका थिए । भाइ वीरबहादुरको घर तल्लो गरामा थियो । […]