बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बृहत्त यौनिकता शिक्षा कार्यक्रम बहिरगमन गोष्ठी गरियो

बृहत्त यौनिकता शिक्षा कार्यक्रम बहिरगमन गोष्ठी गरियो

  • बुधबार, पुस १, २०७७
बृहत्त यौनिकता शिक्षा कार्यक्रम बहिरगमन गोष्ठी गरियो

बाजुरा- बाजुरा जिल्लाका बडिमालिका, बुढीगंगा र त्रिबेणी नगरपालिकाका १० ओटा बिद्यालयमा संचालिन बृहत्त यौनिकता शिक्षा तथा सुरक्षित सिकाई वातावरणको प्राबधान मार्फत किशोरी तथा महिलाको सशक्तिकरण परियोजना कार्यक्रमको बहिरगमन गोष्ठी सदरमुकाम मार्तडीमा सम्पन्न भएको छ ।
बाजुरा जिल्लामा सन २०१८ देखी २०२० सम्म तीन बर्षको कार्यकालमा भए गरेका कामको समिक्षा र सुझवा सहित बडिमालिका नगरपालिकाको हलमा आज एक कार्यक्रममा बिच गोष्ठी गरिएको यूएन एफपीएका कृष्ण चौधरीले जानकारी दिएका छन् ।
काईका र युएनएफपीएको आर्थिक सहयोगमा मेरिस्टोप इन्ट्रनेस्नलले बाजुरा जिल्लाका तीन ओटा स्थानिय तहमा कार्यक्रम संचालन गर्दै आएको थियो । तीन ओटा स्थानीय तका १० ओटा बिद्यालयहरुमा किशोर किशोरी मैत्री सूचना केन्द्र स्थापना गर्नुका साथै कार्य क्षेत्रका सबै बिद्यालयहरुमा स्मार्ट प्रोजेक्टर सहयोग गरेका छ । स्मार्ट प्रोजेक्टले बिद्यार्थीहरुलाई शिक्षण सिकाईमा हसज हुनुको साथै डिजिटल युगमा यो प्रबिधिले ठुलो राहत पुगेको शिक्षक धनबहादुर रावलले बताए ।
जिल्ला समन्वय प्रमुख नरेन्द्र कुमार रोकायाको अध्यक्षतामा संचालन भएको कार्यक्रमा बुढीगंगा र बडिमालिका नगरपालिकाका मेयर, स्वास्थ्यकमर्मी, जिल्ला शिक्षा ईकाई प्रमुख, बिद्यालयका शिक्षक पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको खुला छलफमा नगर प्रमुखहरुले किशोर किशोरी मैत्री सूचना केन्द्र स्थापना गुस्तरिय र प्रभावकार िबनाउन आगामी नगर सभाबाट बजेट बिनियोजन गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार