मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • समाचार
  • बालुवाटारमा सर्वदलीय बैठक

बालुवाटारमा सर्वदलीय बैठक

  • मङ्लबार, मंसिर २३, २०७७
बालुवाटारमा सर्वदलीय बैठक

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा
संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको छ।

प्रधानमन्त्री ओलीले बैठकको सुरुवातमै छलफल आयोजना गर्नुपर्ने उद्देश्यमाथि प्रकाश पारे। सल्लाहकार थापाका अनुसार प्रधानमन्त्रीले कोभिड- १९  नियन्त्रण, प्राप्त उपलब्धीहरूको रक्षा, संविधानविरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट हुन सबैमा आग्रह गरेका छन्।

सर्वदलीय बैठक सुरु हुनुभन्दा अघि मन्त्रिपरिषद बैठक बसेको थियो। समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीको आह्वानमा बैठक बोलाइएको थियो। मंगलबारको बैठकमा राजतन्त्र पक्षधरको प्रदर्शनका विषयमा पनि छलफल हुने बताइएको छ। त्यस्तै, कोभिड १९ को महामारी र यसले पारिरहेको संकटबारे पनि छलफल हुने बताइएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रप्रति राजनीतिक दल एकताबद्ध रहेको सन्देश दिने उद्देश्यले यो बैठक बोलाइएको हो।

प्रधानमन्त्री ओलीले दलबीच एकता र राष्ट्रिय सहमति कायम गराउन सर्वदलीय बैठक बोलाउँदै आएका छन्। नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरामा सीमा विवादका विषयमा छलफल गर्न वैशाख ३१ मा पनि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका थिए। उक्त छलफलमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलबीच राष्ट्रिय सहमति जुटेको थियो।

चर्चामा

सम्बन्धित समाचार