विश्वविद्यालयमा एक युवक मृत फेला
काठमाडौं — त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको हातामा एक युवक मृत फेला परेका छन्। शनिबार राति २५ वर्षका सुदन राई मृत फेला परेका हुन्। उनी त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयसँगैको मसलाको रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ। शव परीक्षणको लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ।