बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथमा करेन्ट लागेर एक जनाको मृत्यू

जगन्नाथमा करेन्ट लागेर एक जनाको मृत्यू

  • आइतवार, भदौ ६, २०७८
जगन्नाथमा करेन्ट लागेर एक जनाको मृत्यू

बाजुरा — जगन्नाथ गाउँपालिका-१ पिलुचौरमा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ ।
जगन्नाथ गाउपालिका १ का अन्दाजी ५० बर्षिया पूणर्बहादुर बिष्टको शनिबार बेलुकी ८ बजे करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जाकारी दिएको छ ।
बड्डीगाड जलविद्युतको पावर हाउसमा मेसिनको जम्पर बदल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर बेहोस् भएका विष्टलाई उपचारका क्रममा लैजादा बीच बाटोमा मृत्यु भएको बताईएको छ ।
मृतक विष्टको पिलुचौरमा रहेको बाजुरा सामुदायिक अस्पतालमा पोष्टमार्टम पछि आफन्तले शव बुझेको बताए । उनको आईतबार हिन्दु परम्परा गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार