विधेयकमा विद्यालय, विश्वविद्यालय बन्द गर्न नपाउने व्यवस्था राखौं : सुमना श्रेष्ठ
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्यालय, विश्वविद्यालय कुनैपनि कारणले बन्द गर्न नपाउने कुरा विधेयकमा लेख्नुपर्ने बताएकी छन् । बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले निजी विद्यालयका शिक्षकहरूको हकमा पनि बन्द हड्ताल गर्न नपाउने व्यवस्था गर्नुपर्ने बताइन् । ‘विद्यालय, विश्वविद्यालय कहिले कसले बन्द गर्ने, यो कुरा अन्त्य होस् […]