सरस्वती माविका शिक्षक बिष्टद्वारा विद्यालयमा अक्षय कोष स्थापना
बाजुरा– ४१ वर्षे लामो शिक्षण सेवा समाप्त गर्दै सरस्वती माध्यमिक विद्यालय, ढाडाकोटका प्रधानाध्यापक विष्णु बहादुर बिष्ट सेवा निवृत्त भएका छन् । शिक्षा, समाज र नेतृत्वका क्षेत्रमा उल्लेख्य योगदान दिएका बिष्टलाई सेवा निवृत्तपछि भव्य विदाई गरिएको छ । सेवा निवृत्तको अवसर पारी उनले विद्यालयमा अध्ययनरत जेहेन्दार, गरिब तथा विपन्न बालबालिकाहरूका लागि उल्लेखनीय उपहार छोडेका छन् । […]