बाजुरामा हिंसा पीडितलाई ओसिएमसी प्रभावकारी बन्दै
बाजुरा– घरेलू तथा लैङ्गिक हिंसाबाट पीडित महिलाहरूको लागि स्थापित ‘एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी)’ले प्रभावकारी सेवा दिइरहेको छ । पछिल्लो समय यो केन्द्र पीडितहरूको उपचार, कानुनी सहायता र सुरक्षाका सवालमा उल्लेखनीय काम गर्दै आएको छ । जिल्ला अस्पताल बाजुरामा सञ्चालनमा रहेको ओसिएमसीले विशेष गरी हिसांमा परेका महिलाहरूलाई लक्षित गरेर सहज सेवा प्रवाह गर्दै आएको छ […]