मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • एक हप्तामा समाधान हुने गरि खोलीयो बिद्यार्थीले लगाएको ताला

एक हप्तामा समाधान हुने गरि खोलीयो बिद्यार्थीले लगाएको ताला

  • आइतवार, मंसिर २१, २०७७
एक हप्तामा समाधान हुने गरि खोलीयो बिद्यार्थीले लगाएको ताला

बाजुरा — बाजुरा जिल्लाको बडिमालिका नगरपालिका ७ मा रहेको लक्ष्मी माध्यामिक बिद्यालयमा मंसिर २१ गते दिउँसो लगाएको ताला खोलीलिएको छ । अर्थशास्त्र बिषयको शिक्षक नभएर नियमित पठनपाठन समस्या भएको, समयमै पाठ्य पुस्तक नपाएको र बिद्यालय ब्यबस्थापन समिति पुर्नगठन नभएको भन्दै बिद्यार्थीहरुले लगाएको तालाबन्दि खुलेको छ ।
लामो समयको लकडाउन पछि बाजुरा जिल्लाको बडिमालिा नगरपालिकाले मंसिर महिलो साताबाट बिद्यालय संचालन गर्ने निणर्य पछि बिद्यालयमा पढाई सुरु भएको थियो ।
बिद्यालय संचालन भएको महिना दिन पुग्न लाग्दा पनि बिषयगत शिक्षक नहुदा नियमित पठनपाठनमा समस्य भएको पाठ्यपुस्तक पनि उपलब्ध नभएको र बिद्यालय ब्यबस्थापन समिति पुर्नगठन पनि भहुदा पठन पाठनमा समस्य भएकोले तालाबन्दि गरिएको बिद्यार्थीहरुले बताएका छन ।
बिद्यालय ब्यबस्थापन समिति र बिद्यालय प्रशासनलाई बारम्बार जानकारी गराउदा पनि कुनै वास्ता नगरेपछि बाध्य भएर तालाबन्दि गनर्् परेको बिद्याथीले बताए ।
तालाबन्दि पछि बडिमालिका नगरपालिका ७ वडा वडाध्यक्ष सहितको टोली उक्त स्कुलमा पुगी छलफल गरि सबै मागहरुलाई एक हप्ता भित्र समाधान गर्ने सहमति पछि ताला खोलीएको बडिमालिका नगरपालिका शिक्षा शाखाका प्रमुख रामबहादुर कटुवालले जाकारी दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार