• होमपेज
  • समाचार
  • सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु

सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु

  • शनिबार, मंसिर १३, २०७७
सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु

कञ्चनपुरमा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर २ महुलियामा स्थानीय सरस्वती भट्टको घरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा खसेर २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१८ बस्ने ४० वर्षीय घुमन डगौरा र बेलौरी घर भइ भीमदत्त नगरपालिका ४ बस्ने ३५ वर्षीय गणेश रानाको रहेको दिनेशखबरलाई बताए।

उनका अनुसार स्थानीयले खबर गरेपछि पुगेको प्रहरी टोलीले सेफ्टी ट्याङकीबाट दुवै जनालाई मृत अवस्थामा निकालेको थियो।

उनीहरुको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार