रूपन्देही : रूपन्देहीमा कोरोना संक्रमणबाट एक १६ वर्षीय किशोरको मृत्यु भएको छ ।
रूपन्देहीको तिलोत्तमाका ती किशोरको भैरहवास्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
कात्तिक २५ गते कोरोना पुष्टि भएका उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले बताएको छ ।