बुधबार, असार १०, २०८३
  • होमपेज
  • समाज
  • १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • शुक्रबार, अशोज २३, २०७७
सेयर गर्नुहोस् :
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाको माथागढी गाउँपालिका–४ मलेबास बस्ने १९ वर्षीय विराज ज्ञवालीलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

विराजले ती बालिकालाई गत भदौ ९ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी माथाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यता, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–६ बगेवा बस्ने २० वर्षीय रबिन कुमार दासलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

दासले ती बालिकालाई बुधबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी लक्ष्मीनियाँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार