मङ्लबार, अशोज २२, २०८१
  • होमपेज
  • समाज
  • २०७ दिनमा सुदूरपश्चिमका ६७ हजारको कोरोना परीक्षण

२०७ दिनमा सुदूरपश्चिमका ६७ हजारको कोरोना परीक्षण

  • सोमवार, भदौ २२, २०७७
२०७ दिनमा सुदूरपश्चिमका ६७ हजारको कोरोना परीक्षण

धनगढी– सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणका लागि स्वाब संकलन थालिएको साढे ६ महिना पुगेको छ। पहिलो पटक २०७६ साल फागुन १ गते सेती प्रादेशिक अस्पतालमा कोरोना परीक्षणका लागि स्वाब संकलन भएको थियो।

स्वाब संकलन सुरु भएको दुई सय सात दिन पुगेकोमा अहिलेसम्म सुदू्ररपश्चिम प्रदेशमा ६७ हजार बढिको कोरोना परीक्षण भएको छ। प्रदेशका ९ वटै जिल्लाबाट संकलन गरिएका ६७ हजार एक सय ४२ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

धनगढी प्रयोगशाला मार्फत ३५ हजार दुई, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशाला मार्फत १६ हजार तीन सय १८, डडेल्धुरा अस्पतालको प्रयोगशाला मार्फत १३ हजार ८ सय ९४ र डोटी जिल्ला अस्पतालको प्रयोगशाला मार्फत एक हजार सात सय ४४ जनाको कोरोना परीक्षण भएको छ।

निर्देशनालयका अनुसार अहिले सम्म परीक्षणका लागि ६८ हजार एक सय ३६ जनाको स्वाब संकलन गरिएकोमा नौँ सय ९४ जनाको परीक्षण रिर्पोट आउन बाँकी छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा अहिले सम्म परीक्षण गरीएका झण्डै नौँ प्रतिशत अर्थात ६ दुई सय ४४ जनामा कोरोना पुष्टि भएको छ।

सबैभन्दा बढि कैलालीमा एक हजार सात सय ४१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। डोटीमा एक हजार चार, अछाममा नौँ सय ३४, कञ्चनपुरमा सात सय र बाजुरामा ६ सय २४ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै बझाङका चार सय ७४, बैतडीका तीन सय ७२, डडेल्धुराका तीन सय ३५ र दार्चुलाका ६० जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका ५ हजार दुई सय बढिले कोरोना जितेको दावी गरिएको छ भने १४ जनाको मृत्यु भएको छ।

चर्चामा

सम्बन्धित समाचार