आइतवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • मनोरञ्जन
  • टिकटकबाट हिट भएको ‘सोचे झैं जिन्दगी रैनछ’

टिकटकबाट हिट भएको ‘सोचे झैं जिन्दगी रैनछ’

  • शुक्रबार, भदौ ५, २०७७
टिकटकबाट हिट भएको ‘सोचे झैं जिन्दगी रैनछ’

टाउको अलिकति निहुराएर एउटा हात निधारमा राख्दै, कम्मर अलिकति ब‌ंगाएर अर्को हात हल्लाउँदै गरेका भिडिओ आजकाल टिकटकमा खुबै देखिन्छन्।

नजाऊ माया गाजलु लाएर, पुछिदेला पसिना आएर
सोचे झैं जिन्दगी रैनछ, सोचे झैं जिन्दगी रैनछ…

तीज छेको पारेर सार्वजनिक यो गीतमा नाच्दै टिकटक भिडिओ बनाउन ‘खुट्टा उचाल्नेहरू’ बढिरहेका छन्।

लोक गायक खेम सेन्चुरी र मधु क्षेत्रीको स्वरमा रहेको ‘काइँयो र ऐना’ बोलको तीज गीतको अंश हो यो। यही गीतको अर्को पंक्ति पनि उत्तिकै चलिरहेको छ-

चोली पनि भो छोटो छोटो, कस्तो आउँछ खै कुन्नि फोटो
सोचे झैं जिन्दगी रैनछ, सोचे झैं जिन्दगी रैनछ

गीतमा नेत्र अर्यालको शब्द छ। संगीत गायक खेमले नै भरेका हुन्। भिडिओ प्रकाश भट्टको निर्देशन र कोरियोग्राफीमा तयार भएको हो।

तीज केन्द्रित यो गीत झ्याउरे भाकामा छ। लोक शैलीलाई समकालीन संगीतमा ‘फ्युजन’ गरिएको गीत चल्नुमा म्युजिक भिडिओका ‘स्टेप्स’ को पनि उत्तिकै भूमिका रहेको खेम बताउँछन्।

खेमका अनुसार गीत सार्वजनिक भएको झन्डै दुई सातासम्म पनि आम स्रोतामा पुगेकै थिएन। एकाएक यसको भिडिओ टिकटकमा अपलोड हुन थालेपछि टिकटक प्रयोगकर्ताले यो गीतमा आफ्ना भिडिओहरू बनाउन थाले। अनि गीतका अलग-अलग अंश ‘भाइरल’ हुन बेर लागेन।

‘कुनै पनि सफलताको भागिदार पूरै टोली हुन्छ। शब्द, स्वर, संगीतदेखि भिडिओ निर्देशन कसले गरेको छ भन्ने हुन्छ। यो गीतले सफलता पाउनुमा निर्देशकदेखि संगीतकार, डान्सर, अन्य सहकर्मी साथी लगायत पूरै टोलीको हात छ,’ खेम भन्छन्, ‘तर टिकटकमा भिडिओको स्टेप्स धेरै रुचाउनु भएको देखिन्छ। त्यसैले यसमा भएका नाचका स्टेप्स खास छ कि भन्ने हो।’

चर्चामा

सम्बन्धित समाचार