• होमपेज
  • देश/प्रदेश
  • थप दुई जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७५ पुग्यो

थप दुई जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७५ पुग्यो

  • आइतवार, साउन २५, २०७७
सेयर गर्नुहोस् :
थप दुई जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७५ पुग्यो

पछिल्लो २४ घन्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जानकारी दिएको छ।

मन्त्रालयका अनुसार कास्की जिल्ला पोखरा महानगरपालिका– १९ बस्ने ६२ वर्षीय एक पुरुषको साउन २४ गते राति ११ः३५ बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्कीमा निधन भएको छ।

उनी मधुमेह रोगी थिए। उनलाई साउन १७ गते कोभिड पृष्टि भई सोही दिन आइसियुमा भर्ना गरिएको थियो।

यस्तै पर्साको वीरगञ्ज महानगरपालिका– २ बस्ने २० वर्षीया एक महिलाको पनि साउन २४ गते बिहान १ः३० बजे निधन भएको छ। हाइपो (थाइरोडिजमकी बिरामी उनी नारायणी अस्थायी कोरोना विशेष अस्पतालमा पु¥याइएपछि मृत घोषित भएकी थिइन्। मृत्यु पश्चात उनको स्वाबको नमुना परीक्षण गर्दा आज कोरोना पुष्टि भएको थियो।

चर्चामा

सम्बन्धित समाचार