सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • बडिमालिका
  • नेपाली कांग्रेस बाजुराले बिपी कोइरालाको ३८ औं स्‍मृति दिवस रूख राेपेर मनायाे

नेपाली कांग्रेस बाजुराले बिपी कोइरालाको ३८ औं स्‍मृति दिवस रूख राेपेर मनायाे

  • मङ्लबार, साउन ६, २०७७
नेपाली कांग्रेस बाजुराले बिपी कोइरालाको ३८ औं स्‍मृति दिवस रूख राेपेर मनायाे

नेपाली काग्रेश जिल्ला कार्य समिती बाजुराले बिरूवा राेपेर बिश्वेस्वर प्रसाद कोइरालाको ३८ औं स्‍मृति दिवस मनाएकाे छ । बिपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस बाजुराले बडीमालिका नगरपालिका वडा न ८ काे रापकमा धुपी सल्ला, सुन्ताेला डाले घास लगायतका बिरूवा राेपेर मनाएकाे पार्टी सभापती पण्डीतले जानकारी दिएका छन ।

३८औं बिपी स्मृति दिवसको उपलक्ष्यमा नेपाली काँग्रेस बाजुराद्वारा आज आयोजित बिचार गाेष्ठि कार्यक्रमकाे समेत अायाेजना गरिएकाे सभापती पण्डीतले बताएका छन । नेपाली काग्रेस जिल्ला कार्य समिती बाजुराका सभापती कबिराज पण्डितकाे अध्यक्षतामा संचालन भएकाे कार्यक्रममा पुर्ब सभापती मन बहादुर रावल त्रिबेणी नगरपािलकाका प्रमुख रामसिं रावल पुर्व पार्टी सचिव धनराज पण्डीत महिला नेतृ जुना दानी तरूण दलका नेता हिरेन्द्र राेकाया र बिध्यार्थी नेता जनक थापाले मन्तब्य राखेकाे । महिला नेतृ तथा बडीमालिका नरगरपालिका उप प्रमुख कबिता बिष्टले बताएकी छन ।  कार्यक्रमकाे संचालन पार्टी सचिव रनसिं अएडीले गरेकाे नेपाली काग्रेश बाजुराले जनाएकाे छ ।  साे कार्यक्रममा जिल्ला स्थित पार्टीका नेता तथा कार्यक्रताहरूकाे उपस्थिती रहेकाे नेपाली काग्रेश बाजुराले जनाएकाे छ ।

Image may contain: 3 people, including Ran Singh Bdr Ayadi, people sitting, tree, plant, child, outdoor and nature

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाको २०३९ साउन ६ गते निधन भएकाे र साे सम्झनामा हरेक बर्ष बिभन्न कार्यक्रम गर्दै अाएकाे कार्यक्रम यस बर्ष बिरूवा राेपेर मनाएकाे नेपाली काग्रेस बाजुराका सभापती कबिराज पण्डितले बताए । नेपाली काग्रेशका नेता तथा नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवम् ‘बाबु, आमा र छोरा’ गरी छवटा उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छन ।

चर्चामा

सम्बन्धित समाचार