शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिममा थपिए अहिलेसम्मकै बढी संक्रमित, एकैदिन ३४६ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थपिए अहिलेसम्मकै बढी संक्रमित, एकैदिन ३४६ जनामा कोरोना पुष्टि

  • बिहिबार, असार १८, २०७७
सुदूरपश्चिममा थपिए अहिलेसम्मकै बढी संक्रमित, एकैदिन ३४६ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा आज थप तीन सय ४६ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा तीन सय २० र धनगढी प्रयोगशालामा भएको परीक्षणमा २६ गरी आज तीन सय ४६ जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा आज कैलालीका ४० महिला र एक सय २५ पुरुष गरी एक सय ६५ जना, अछामका ५ महिला र २६ पुरुष गरी ३१ जना, बझाङका ११ महिला र २४ पुरुष गरी ३५ जना, डोटीका १० महिला र ४८ पुरुष गरी ५८ जना र कञ्चनपुरका ६ महिला र २५ पुरुष गरी ३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।

यस्तै धनगढीमा बिहिवार भएको परीक्षणमा ८ महिला र १८ पुरुष गरी २६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार कैलालीको टीकापुरका १३ जना, कैलारी गाउँपालिकाका दुई जना र भजनी नगरपालिकाका दुई जनामा कोरोना पुष्टि भएको हो।

कञ्चनपुरको लालझाडी गाउँपालिकाका दुई जना र भीमदत्त नगरपालिकाका एक जना तथा अछामको साँफेवगर नगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको श्रेष्ठले जानकारी दिए। धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय नौँ जनाको कोरोना परीक्षण भएको थियो। सुदूरपश्चिममा अलिहेसम्म तीन हजार बढिमा कोरोना पुष्टि भईसकेको छ भने पुष्टि भएका सात जनाको मृत्यु भएको छ। चार सय ९५ जना भने अस्पतालबाट डिस्चार्ज भएका छन्।

चर्चामा

सम्बन्धित समाचार