शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • समाज
  • आइसोलेसनबाट घर पठाइएका १३ जनामा कोरोना पुष्टि

आइसोलेसनबाट घर पठाइएका १३ जनामा कोरोना पुष्टि

  • शुक्रबार, असार १२, २०७७
आइसोलेसनबाट घर पठाइएका १३ जनामा कोरोना पुष्टि

१४ दिन क्वारेन्टिन र १५ दिन आइसोलेसन बसाई पछि स्वाब संकलन गरेर घर पठाइएका १३ जनामा कोरोना पुष्टि भएको छ। जिल्लाको महाकाली नगरपालिकास्थित दोधारा–चाँदनीका १३ संक्रमितलाई पीसीआर रिपोर्ट नआउँदै घर पठाइएको खुलेको हो। महाकाली नगरपालिकाका कोभिड–१९ फोकल पर्सन जय बहादुर महराले उनीहरुमा शुक्रबार संक्रमण पुष्टि भएको बताए।

  संक्रमितमा कुनै किसिमको लक्षण नदेखिएकोले उनीहरुलाई होम आइसोलेसनमै बस्न सुझाईएको महराले बताए। संक्रमितलाई पीसीआर रिपोर्ट आउन ढिलाई हुँदा स्वाब संकलन पछि भानु उच्च माध्यमिक विद्यालयको आइसोलेसनबाट घर पठाइएको थियो। महाकाली नगरपालिका–६, ७, ९ र १० का २ महिला ११ पुरुष गरी १३ जनामा संक्रमण पुष्टि भएको थियो।

चर्चामा

सम्बन्धित समाचार