बाजुरामा थप ४ जनामा काेराेना पुष्टि भएकाे छ। बाजुराकाे बुढिगंगा नगरपालिका ४ जनामा काेराेना देखिएकाे कर्णालि स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाले जनाएकाे छ । बाजुरामा याे सँग १ सय २ जना काेराेना संक्रमित पुगेका छन् । बुढिगंगा नगरपालिकाका ९० जना मध्ये ८६ जनाकाे नेगेटिभ आएकाे छ । नगरपालिकाले केही दिन पहिला ३ सय ३८ जनाकाे स्वाब जुम्ला पुर्याएकाे थियाे ।
बडिमालिका नगरपालिकाकाे ४० जना, बुढिगंगाकाे २६ जना, त्रिबेणि नगरपालिकामा ३५ जना, जगन्नाथ १ जना र १ जना स्वामिकार्तिक गाँउपालिकाकाे रहेका छन् । जसमा ३७ जना महिला र ६१ जना पुरुष रहेकाे स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् ।