• होमपेज
  • कला /साहित्य
  • अंग्रेज को एम सी सी दाब भित्र हेरौँ

अंग्रेज को एम सी सी दाब भित्र हेरौँ

  • सोमवार, असार ८, २०७७
अंग्रेज को एम सी सी दाब भित्र हेरौँ

गणतन्त्र मा प्रसस्तै बोल्ने अधिकार हुँन्छ,
साशकै बिरुद्ध बोल्न किन छेकबार हुँन्छ।

आफुले आफैलाई अबिभावक दर्जा दिए,
थाहा छैन नङ र मासुको झै बिचार हुँन्छ।

गफमा जुन र तारा धर्तिमा ल्याउँने हरु त,
कतिछन तर बुझ्नेकुरा यँहा ब्यबहार हुँन्छ।

सरकार न बिर्शनु बिदेशी रबाफ मा जनता,
सिखरमा पुग्ने सिडि त सदै जनादार हुँन्छ।

अंग्रेज को एम सी सी दाब भित्र हेरौँ राम्ररी,
पाउँनेछौ त्यो भित्र दुई धारको तरवार हुँन्छ।

जनता देशभक्त हुँन्छन लेखेर राख तिमिले,
सम्झौता लाई जनता मा राखे निखार हुँन्छ।

यस्ता राषष्ट्र घाति पोका बोकेर आउँने सदै,
साम्राज्यवादको प्रयाश पनि लगातार हुँन्छ।

जब बिदेशिले कलो फाल्छ देश मा बिषालु,
पक्ष बिपक्ष हरुलाई त्यहि किन अनार हुँन्छ।

यो सेते ले सारा जिबन हेर्दैआयो संझौताहरु,
लागु हुँदा साथ सदै भरी देश नै बिमार हुँन्छ।
सुरेशकुमार पान्डे।२२-०६-२०२०,

चर्चामा

सम्बन्धित समाचार