गजल!
हाम्रो पसिना मा सदै ब्यापार भयो,
गरिबीले गर्दा सुखःछेक बार भयो।
जिवन जस्तो जिवन कँहाछर हाम्रो,
तनमन खियाई बाँच्ने आधार भयो।
न काम नदाम अपहेलित छ जिवन,
जुन आएपनि धनिकै सरकार भयो।
नियम कानून त आज पुँजीकै खेल,
धनीको झटारोपनि त ईकरार भयो।
मान्छे मान्छेमै जाती बनाए पछि त,
एकले आर्का लाई मार्न हतार भयो।
बिदेशी हश्तक्षेप सामन्ति सँस्कारले,
हेर आज पुरा देशनै नाङ्गेझार भयो।
कस्तो कस्तो बिड्मवनाछ यो देशमा,
नेता लाई एम सीसी सँग प्यार भयो।
उता कोरेन्टाईनमा नै बलत्कार हुँन्छ,
आँखा भरी हेरन साउँन असार भयो।
सरकारको घेरा पनि अ शुरक्षित रैछ,
उसैको छत छाँयामै ब्याबिचार भयो।
सुरेशकुमार पान्डे।१६-०-२०२०,