बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • देश
  • नगरप्रमुख मञ्जु मलासीको श्वास प्रश्वासमा समस्या, उपचारका लागि काठमाण्डौ लगियो

नगरप्रमुख मञ्जु मलासीको श्वास प्रश्वासमा समस्या, उपचारका लागि काठमाण्डौ लगियो

  • शुक्रबार, जेष्ठ ३०, २०७७
नगरप्रमुख मञ्जु मलासीको श्वास प्रश्वासमा समस्या, उपचारका लागि काठमाण्डौ लगियो

डोटीको दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीको श्वास प्रश्वासमा समस्या देखिएपछि काठमाण्डौ लगिएको छ ।

उहाँलाई शुक्रबार बिहान नेपाली सेनाको (स्काइ ट्रक) मार्फत उपचारका लागि काठमाण्डौ लगिएको हो । घर फर्केकाहरुका लागि क्वरेन्टीन व्यवस्थापनमा खटिँदै आएकी नगरप्रमुख मलासीमा एक हप्ता अधिदेखि श्वास प्रश्वासमा समस्या आएको उहाँका परिवारजनले जनाएका छन् ।

केही दिनअघि स्वास्थ्यमा समस्या आएपछि धनगढीमा उपचार गरी डाक्टरको सल्लाह अनुसार घरमा आराम गरिरहनुभएकी नगर प्रमुख मलासीलाई बिहीबार राति एकाएक श्वास प्रश्वासमा निकै समस्या आएपछि काठमाण्डौ लगिएको उहाँका स्वकीय सचिव रविन्द्र जोशीले बताउनुभयो ।

श्वास प्रश्वासमा समस्या आएपछि केही दिन पहिले उहाँलाई कैलालीमा रहेको निसर्ग अस्पतालमा उपचार गरेर ल्याइएको थियो । नगरप्रमुख मलासी लामो समयदेखि प्रेसरको औषधी सेवन गर्दै आउनु भएको उहाँका श्रीमान कृष्ण मलासीले जानकारी दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार