• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा २९ सय ९८ जना क्वारेनटाइन र २ जना आइसाेलेसनमा

बाजुरामा २९ सय ९८ जना क्वारेनटाइन र २ जना आइसाेलेसनमा

  • सोमवार, जेष्ठ १९, २०७७
बाजुरामा २९ सय ९८ जना क्वारेनटाइन र २ जना आइसाेलेसनमा

बाजुरा– बाजुराका जिल्लाका ९ वटा स्थानिय तहका १ सय ३१ क्वारेनटाइनमा २ हजार ९  सय ९८ जना बसिरहेका छन् । त्यस्तै आइसाेलेसनमा २ जना रहेकाे जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएकाे छ ।  भारत बाट जिल्लामा आउनेको संख्या बढेपछि क्वारेनटाइनमा बस्नेको संख्या पनि बढेको साेमबार ४ बजे सम्म २ हजार ९ सय ९८ जना बसेका भएपनि थपिदै जाने जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।
७ सय ४६ जना महिला र २२ सय ७१ जना पुरुष  क्वारेनटाइनमा रहेको छन् । त्यस्तै २ सय ७७ जना वालवालिका १३ जना गर्भवति महिला र १९  जना जेष्ठ नागरिक अहिले क्वारेनटाइनमा बसेका अधिकांश भारत बाट आएर निमित्त प्रमुख जिल्ला अधिकारि समिर भण्डारीले वताएका छन । १४ दिन क्वारेनटाइनमा राखेर परिक्षण पनि घर पठाउने रहेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दया कृष्ण पन्तले वताएका छन् ।
क्वारेनटाइनमा बस्नेको नियमित चेकजाँच गर्नुपर्ने भएपनि स्वास्थ्यकर्मीको ब्यबस्थापन नगरेको पाईएको छ । चिकित्सकको अनिवार्य निगरानिमा हुनुपर्ने भएपनि बाजुराको कुनै पनि क्वारेनटाइन चिकित्सकको निगरानि नभएको पाईएको छ । जिल्ला चिकित्सकको संख्या कम भएकाले पनि समस्या भएको पाईएको छ । बाजुरामा काेराेनाका कारण १ जना वालिकाकाे मृत्यु भइसकेकाे छ भने १ जना सक्रमित रहेका छन् ।
क्वारेनटाइनमा बस्ने संख्या बढेको भएपनि क्वारेनटाइनको ब्यबस्थापन भने निकै फितलो रहेको छ । बस्ने ब्यबस्थापन देखी खाद्यन्न समेत राम्रो नभएको समचार आइरहेका छन् ।१ सय ३१ क्वारेनटाइन मध्ये अधिकांशमा सामान्य ब्यबस्थापन पनि नभएको पाईएको छ । अर्को क्वारेनटाइनको कुनै पक्ष बाट पनि अनुगमन नभएको पाईएको छ । सम्बन्धित स्थानिय तह, जिल्ला समन्वय समिति जिल्ला प्रशासन लगायत निकायहरुले अनुगमन गर्नुपर्ने भएपनि कसैले अनुगमन नगरेको क्वारेनटाइनमा बसिरहेकाले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार