बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • देश
  • सुदूरपश्चिम प्रदेश कोरोना बिरामी मुक्त

सुदूरपश्चिम प्रदेश कोरोना बिरामी मुक्त

  • शनिबार, बैशाख २७, २०७७
सुदूरपश्चिम प्रदेश कोरोना बिरामी मुक्त

धनगढी : धनगढीकी कोरोना संक्रमित महिला पनि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएसंगै सुदूरपश्चिम प्रदेश कोरोना बिरामी मुक्त भएको छ। शुक्रवार लगातार दुई पटक सम्म रिपोर्ट नेगेटिभ आएपछि धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला अस्पतालबाट डिस्चार्ज भएसंगै सुदूरपश्चिम प्रदेश कोरोना बिरामी मुक्त भएको हो।

यसअघि लम्कीचुहा नगरपालिकाका २१ बर्षीय युवक, धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० बर्षीय पुरुष र लम्कीचुहा नगरपालिका वडा नम्वर १ कि ६१ बर्षीय महिला कोरोनालाई जितेर सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भईसकेका थिए। सुदूरपश्चिम प्रदेशमा अहिले सम्म दुई हजार नौँ सय २३ जनाको कोरोना परीक्षण गर्दा पाँच जनामा मात्रै कोरोना देखाएको थियो।

सेती प्रादेशिक अस्पतालका कोभिड–१९ रोग उपचार विभाग प्रमुख डाक्टर शेरवहादुर कमरले पाचौँ संक्रमित पनि अस्पतालबाट डिस्चार्ज भएसंगै तत्कालका लागि सुदूरपश्चिम प्रदेश कोरोना बिरामी मुक्त भएको बताए। ‘प्रदेशभरी संक्रमित कसैको पनि उपचार भईरहेको छैन्। सेती प्रादेशिक अस्पतालमा त अहिले शंकास्पद विरामी पनि छैनन्। त्यसैले अहिलेका लागि सुदूरपश्चिमलाई कोरोना बिरामी मुक्त प्रदेश भन्न सकिन्छ।’ डाक्टर कमरले दिनेश खवरलाई भने।

अहिलेलाई सुदूरपश्चिम कोरोना मुक्त भएपनि सम्भावित संकट कायमै रहेको उनले बताए। ‘भारतबाट लकडाउनअघि र लकडाउनको सुरुवातमा आएका नेपालीहरुबाट कोरोनाको जोखिम लगभग टरेको छ,’ डाक्टर कमरले भने, ‘तर भारतबाट अब आउने नेपालीबाट भने कोरोनाको संकट कायमै छ। विशेष सजक हुनुपर्ने समय नै अब हो।’ सुदूरपश्चिम प्रदेशमा कोरोना त्रासपछि रोजगारी गुमाएर झण्डै दुई लाख भित्रिसकेका छन् भने अझै लाखौँ नेपाली भित्रिने तयारीमा छन्। उनीहरु नेपाल प्रवेशको अनुमतीका लागि पर्खिरहका छन्।

यस्तै सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणको साघुरो दायराले पनि सम्भावित संकट कायमै रहेको छ। पछिल्लो केही सातायता प्रदेशमा दैनिक २० जनाको मात्रै परीक्षण हुँदै आएको थियो भने पछिल्लो चार दिनमा सात जनाको मात्रै परीक्षण भएको छ। प्रदेश सरकार भने परीक्षण बढाउन पर्ने आवश्यकता नरेको बताउँदै आएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्र्रमुख नरेन्द्र कार्कीले भने, ‘समुदाय स्तरमै गएर परीक्षण गरिहाल्नु पर्ने अवस्था सुदूरपश्चिममा छैन्। शंकास्पद बिरामीको परीक्षण भएकै छ।’ #दिनेश

चर्चामा

सम्बन्धित समाचार