बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • समाज
  • कोरोना आशंकामा ४ जनालाई सेती अस्पतालको आईसोलेसनमा

कोरोना आशंकामा ४ जनालाई सेती अस्पतालको आईसोलेसनमा

  • सोमवार, बैशाख २२, २०७७
कोरोना आशंकामा ४ जनालाई सेती अस्पतालको आईसोलेसनमा

धनगढी : सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा चार जना शंकास्पद विरामी थपिएका छन्। दुई दिनको अवधीमा कैलाली, कञ्चनपुर र कालिकोटका चार जनालाई कोरोना आशंकामा अस्पतालाको आईसोलेसनमा राखिएको हो।

कैलालीको जिल्लाको गौरीगंगा नगरपालिकाको मसुरीयाका ३२ बर्षीय पुरुष र उनकी ८ बर्षकी छोरीलाई पनि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। दुवैमा रुघाखोकी र ज्वरो आएपछि अस्पतालको आईसोलेसनमा राखिएको प्रादेशिक अस्पतालले जनाएको छ।

दुबै जनाको आन्तरिक ट्राभल हिस्ट्री मात्रै रहेको अस्पताल जनाएको छ। दुबै जनाको थ्रोट स्वाब संकलन गरी कोरोना परीक्षणका लागि धनगढीस्थित प्रयोगशालामा पठाईएको छ।

आईतवार कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाकी एक युवतीलाई पनि प्रादेशिक अस्पतालको आईसोलेसनमा राखिएको थियो। शुक्लाफाँटा नगरपालिकाकी १८ बर्षीय युवतीलाई आईसोलेसनमा राखेर थ्रोट स्वाब संकलन गरिएपनि अझै परीक्षण रिपोर्ट आएको छैन्।

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले आज साँझ आईसोलेसनमा थप एक जनालाई भर्ना गरिएको बताए। कालिकोटको शुभकालिका गाउँपालिका घर भई हाल कैलालीको अत्तरियामा दाईसंग बस्दै आएका २१ बर्षीय पुरुषलाई आईसोलेसनमा राखिएको छ।

एनको थ्रोट स्वाब भने भोली मात्रै संकलन गरिनेछ। सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा धनगढी उप–महानगरपालिका वडा नम्वर ५ कि ३४ बर्षीय कोरोना संक्रमित महिलाको पनि उपचार भईरहेको छ। उनको स्वास्थ्य अवस्था पनि सामान्य रहेको प्रादेशिक अस्पतालले जनाएको छ। #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार