रासस/एएनआई– उत्तर कोरियाका सर्वोच्च नेता किम जोन अन झण्डै २० दिन पछि पहिलो पटक सार्वजनिक भएका छन। स्वास्थ्य अवस्था विग्रिएको र गम्भीर अवस्थामा रहनु भएको हल्ला चरिरहेका बेला उनी सार्वजनिक भएका हुन। दक्षिण कोरियाको राज्यद्धारा सञ्चालित योन्हाप समाचार संस्थाका अनुसार उनी यसअघि गत अप्रिल ११ तारिखदेखि सार्वजनिक भएका थिएनन्।
सरकारी सञ्चार माध्यमले उनी दक्षिणी प्योङयाङ प्रान्तको सुन्चोनमा भएको एक कार्यक्रममा सहभागी भएर सार्वजनिक भएका हुन। समाचार संस्थाका अनुसार शनिबार एउटा रासायनिक मल उद्योगको उद्घाटन कार्यक्रममा किमले रिबन काटेकाे तस्बिर सार्वजनिक गरिएको छ। कार्यक्रममा किमसँगै उहाँकी बहिनी किम यो जङ पनि देखिएका छन्।
उनी सार्वजनिक नभएको बेला दक्षिण कोरियाका अधिकारीहरुले किम गम्भीर विरामी हुनुभएको दाबी गरेको समाचारहरु पटक पटक सार्वजनिक भएका थिए। उनका आफ्ना हजुरबुवाको जन्मजयन्ती समरोहमा उनको अनुपस्थितिलाई आधार मनेर उनलाई अस्वस्थ भएको दाबी गरिएको थियो।
उत्तर कोरियाली पात्रोमा उनका हजुरबुवा किम इल सङको जन्मजयन्ती समारोह ठूला कार्यक्रममध्ये एक मानिन्छ। त्यस दिन उनी अघिल्ला बर्ष आफ्ना हजुरबुवाको चिहानस्थल जाने गर्थे। यस पटक भने अनुपस्थित भएकाले उनको स्वास्थ्य अवस्थाबारे विश्वभवरी नै अड्कलबाजी र अनेक हल्ल चलेको थियो। उनको स्वास्थ्यको विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पटक पटक प्रतिक्रिया दिदै चासो देखाएका थिए।
उनले किम आफ्नो अति अनत्य मित्र भएको र सम्वन्ध राम्रो हुदै गएको जानकारी पनि दिएका थिए। अहिले किम पुनः सार्वजनिक रूपमा देखिएको बारेमा भने ट्रम्पले आफूले टिप्पणी गर्न नचाहेको प्रतिक्रिया दिएका थिए। उत्तर कोरियाली सञ्चारमाध्यमले किम अहिले सार्वजनिक रूपमा देखिएको भन्दै दिएको विवरणलाई स्वतन्त्र रूपमा पुष्टि गर्ने अन्य आधार नभएकाले कतिपयले अझै पनि अविश्वास गरेका छन्।