धनगढी : भारतमा रहेका परिवारका सदस्यलाई फर्काउन कञ्चनपुरमा प्रदर्शन भएको छ। भारतमा रोकिएका नेपालीलाई आउन दिनुपर्ने भन्दै शुक्रवार पुनर्वास नगरपालिका ९ स्थित बिचफाँटाका स्थानीयले प्रदर्शन गरेका हुन्।
बिहिवार भारतको गुजरातबाट नेपाल फर्कन लागेका २ नाबालकसहित ७ जनालाई प्रहरीले सीमाबाटै फिर्ता पठाएपछि उनका आफन्तसहितका स्थानीयले गाउँ फर्कन दिनुपर्ने भन्दै प्रदर्शनमा उत्रेका हुन्। सरकारले सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरी सीमा क्षेत्रमा थप कडाइ गरेको छ। दिनेश खबर