• होमपेज
  • विचार/ब्लग
  • कोरोना भाइरस बारे संक्षिप्त जानकारी

कोरोना भाइरस बारे संक्षिप्त जानकारी

  • बुधबार, बैशाख १०, २०७७
कोरोना भाइरस बारे संक्षिप्त जानकारी
बिश्वमा जनसंख्याको हिसाबले सबै भन्दा ठुलो देश चीनको हुबेइ प्रान्तको बुहान शहरमा पहिलो पटक कोरोना भाइरस  देखिएको थियो। चाइनाले यो भाइरस सम्बन्धि WHO लाई  31 Dec 2019 मा जानकारी गराएको थियो  त्यस लगत्तै  WHO ले  कोरोना भाइरस कारण Jan 5 2020मा आम नागरिकलाई हिंड् डुल गर्न रोक लगायो। Jan 7 मा यो भाइरस पहिचान भएर nCov 19 को नाम दिइयो।
 यो नाम दिएको  4 दिन पछि अर्थात  Jan 11मा  यो भाइरसका कारण चाइनामा  पहिलो मृत्यु  भयो।मृत्यु भएको 11 दिन पछि IHR ( international health regulation ) को पहिलो पटक  यो भाइरसका कारण  एमरजन्सी  मिटिङ बस्यो र यो भाइरसका कारण Jan 31 मा  अन्तर्राष्ट्रिय रुपमा WHO ले संकटकाल घोषणा गर्यो।
अन्तमा 11 दिन पछि अर्थात Feb 11 2020 मा WHO ले कोरोना भाइरसको नामाकरण गरेर Covid 19( Corona Virus Disease 2019) रह्यो ।
कोरोना कृत्रिम  भाइरस   
हतियार सँगै जैविक र रासायनिक हतियार उत्पादन गरी विश्वमा एकछत्र राज गरिरहेको अमेरीकाले नै कोरोनाभाइरस उत्पादन गरेको वैज्ञानिक ईग्नोर निकुलिनले बताएका छन्। उनले कोराना भाईरस अमेरिकाको जैविक हतियार भएको पनि बताएका छन् । संयुक्त राष्ट्रसंघका जैविक तथा रासायनिक हतियारका सल्लाहकार ईग्नोर निकुलिनले अमेरिकाले जैविक हतियारको रुपमा कोरानाभाइरस उत्पादन गरेको बताउँदै त्यसको अरु रुपान्तरित संस्करण पनि तयार गरेको दाबी गरेका छन् ।
निकुलिन राष्ट्रसंघका भूतपूर्व महासचिव कोफि अन्नानका जैवीक तथा रासयनिक हतियारका सल्लाहकार हुन् । उनी रुसी वैज्ञानिक हुन् । कोरोनाभाइरस अमेरिकामा उत्पादन गरेर चीनमा छोडिएको निकुलिनले बताए । चीनमा कोरोना देखा पर्नासाथ अमेरिकाले गणीतिय रुपमा फरवरी महिनासम्म २ लाख मानिस संक्रमित हुने र १ लाख मर्ने भविश्यवाणी गर्नु, भाईरसले फरकफरक खालको स्वभाव देखाउनु, कतै रुघाखोकि लाग्नु र कतै कुनै लक्षण नदेखिएर यसले मानिस मार्नु, एकपटक निको भइसकेका व्यक्तिहरुमा यो पुनः संक्रमित हुनुजस्ता कुराहरुले यो भाईरस प्राकृतिक नभएको पुष्टि हुने उनको दाबी छ ।
कोरोना चीनलाई लक्षित गरेर बनाईएको र यसको असर अमेरिकामासम्म आईपुग्ने सोँच नबनाएको कारणले अमेरिका आफैले उत्पादन गरेको हतियारको शिकार भएको निकुलिनले बताए । उनले अमेरीकी राष्ट्रपति ट्रम्पले सुरुमा भाईरसले पुर्याउन सक्ने क्षतिका बारेमा विश्व स्वास्थ्य संगठन र चीनले दिएको चेतावनीलाई उडाउनुको कारण उनी यो भाईरसले अमेरिकामा असर गर्दैन भन्नेमा ढुक्क भएको बताए ।
चीन अनुसासित र दृढ संकल्प नभएको भए यो आक्रमणबाट स्वाहा हुने थियो भन्ने पनि उनको दाबी छ ।चीनबाट सुरु हुनु संयोगमात्रै नभएको बताउँदै निकोलिनले बताए । उनले अमेरिकी गुप्तचर संस्था सिआईएले सन् २०१५ मा तयार पारेको रीपोर्टमा पनि सन् २०२० मा ठूलो महामारी पैदा हुने र त्यो चीनको सेरोफेरोबाट विकास हुने भविष्यवाणाी गरिएको छ । रिपोर्टमा महामारीपछि सन् २०२५ तिरको विश्वको तस्वीर प्रस्तुत गरिएको छ । यसले पनि के देखाउँछ भने कोरोना जैविक हतियारको रुपमा अमेरिकाले तयार गरेको हो ।
बिश्वब्यापीमा मानबिय क्षति :-
आफैंले तेर्साएको तिर आफैं तिर फर्क्यो भन्दा फरक नपर्ला।
आजको दिन सम्म आइपुग्दा बिश्वमा २५ लाख
६१ हजार ०४४ कोरोना भाइरसको संक्रमण  हुँदा सबै भन्दा बढी अमेरिकामा ८ लाख २४ हजार  ६९८ जना संकर्मण छन। जसमा बिश्वमा  १लाख ७७ हजार २००  ले ज्यान गुमाउदा   अमेरिका पनि ४५ हजार २९७ ले अग्रस्थानमै छ।
त्यस्तै बिश्वमा कोरोना भाइरसको उपचारमा निको हुनेको जनसंख्या ६ लाख ८१ हजार २१६ छ ।
यस बाट के प्रष्ट हुन्छ भने यहि अनुपातमा  अझै २ महिनाको अबधि सम्म मात्र हेर्ने हो भने  बिश्वमा करिब ६ लाख भन्दा  बढीले ज्यान घुमाउने निश्चित छ  ।
बिश्वमा सबैभन्दा भन्दा बढी  कोरोना भाइरस बाट  संकर्मण रहेका देश क्रमशः अमेरिका लगाएत स्पेन ,इटालि ,जर्मनी ,बेलायत ,फ्रान्स ,टर्की र ईरान ।
यसबाट हामि के बुझ्न सक्छौं भने कोरोना भाइरसले न त इउरोपियनका सिक्षित बर्ग भन्यो नत अमेरिका जस्तो प्रबिधियुक्त भन्यो । पद ,पावर पैसाले  बिश्वको सबै युद्ध जितिएला तर रोगलाई जितिदैन भन्ने गतिलो पाठ पनि सिकायो।  अझ पत्रकार सम्मेलनमा सामुहिक भेटघाटले प्रबिधि ,मुखमा मास्क र सेनिटाइजर लगाएर पनि बेलाएतका प्रधानमन्त्रीलाई छोडेन ।त्यसकारण पनि यो प्राकृतिक रोग नरहेको भन्न सकिन्छ।
त्यस्तै  यूरोपियन देशहरूको अर्थतन्त्र धेरै जसो पर्यटक र खेलकुदको क्षेत्रमा फूटबलले धानेका छ यो अबस्थामा सबै ठप्प रहदा बिश्वमा व्यापक घाटा भइरहदा झन यूरोपियन देशहरूको स्थिती बिकाराल भनेको छ।
अमेरिका उद्योग ,कलकारखाना , विभिन्न प्रबिधीहरु ठप्प रहदा त्यहाँका अर्थतन्त्र धराप पर्नुको साथै ५ हजार जनताले बेरोजगारको फोर्म भरेका तथ्यांक भेटिएको छ।
नेपाल जस्तो अल्पबिकसित र गरिब देशमा पनि यसको असर    दिन प्रतिदिन बढ्दै गइरहेको छ आज सम्म संक्रमण  हुनेको संख्या ४१ पुगेको छ यद्यपि अहिले सम्म कसैको ज्यान गएको छैन र ५ जना उपचारको क्रममा निको भएर घर फर्कीसकेका छन। अमेरिकाको हेल्चक्राइले आजको दिनमा त्यो क्षति बेहोर्नु परिरहेको छ ठ्याकै नेपालमा पनि सुरु देखि त्यो भन्दा धेरै हेल्चक्राइ देखीएको छ चाहे त्यो कोरोना भाइरस विरुद्ध लड्ने सामानको ढुवानीमा ढिलाइले होस् चाहे  PCR test धेरै  भन्दा धेरै गर्न नसकेर होस यसमा व्यापक लापरबाही देखियो। सुरुमा त हामी rapid test र pcr test मै confuse देखियौं ।
Rapid test :- नयाँ संक्रमण पहिचान गर्न सक्दैन। रगतको नमुना ७ दिन देखि ६ महिना सम्म (वा बढी ) को संक्रमण बारे सुचना दिन सक्थ्यो । pcr test :- नयाँ संक्रमण पहिचान गर्न सक्छ। स्वाबमा द्रोसो दिन देखि  ३हप्ता ( कहिलेकाही ४ हप्ता सम्म मात्र भाइरस पहिचान गर्न सक्थ्यो । त्यसकारण पनि नेपालमा बिकराल स्थिती हुने निश्चित छ ।अझै पनि बिकाराल स्थिती हुन नदिन धेरै भन्दा धेरै Pcr test गरियोस तब मात्र कोरोना भाइरस केही नियन्त्रणमा हुनसक्छ। साथै लक डाउनको पुर्ण पालना गरुम ,आफू सुरक्षित रहौ अरुलाई पनि बचाऔं।
 Lokdown ले सिकाएका कुराहरु:-
​गरिब मानिसले जति धनी मानिसले रोग संग लड्न नसकेको।
​खाजामा पिज्जा ,बर्गर ,मम बाहेक पनि बाच्न सक्ने रहेछौ।
​यातायात बिना पनि हिंड्न सक्ने रहेछौं ।
​मासु मात्र खादा अगाउछु  भन्ने हरु अहिले शाहाकारी बनाएको छ।
​पिजडा ,चिडियाघरमा जनावर ,चराचुरुङ्गी कस्तो महसुस गर्छन् भन्ने  हामि महसुस गर्ने सक्छौं ।
कोरोना भाइरसमा देखिने लक्षणहरु :-
​१००.४ डिग्री भन्दा बडि ज्वोरो आउनु,
​रुघाखोकी लामो समय सम्म लागी रहनु,
​सास फेर्न गाह्रो हुनु,
​क्षाती तथा टाउको नियमीत दुख्नु ,
​निमोनिया हुनु,
​मिर्गौलाले काम गर्न बन्द गर्नु,
​झाडापखाला लाग्नु,
​नियमित हाच्छ्युै आउनु।
​कोरोना बाट बच्ने उपायबारे :-
नियमीत रुपमा साबुन पानीले हात धुने।
रुघाखोकी लागेमा तुरुन्तै स्वास्थ्य संस्थामा उपचार गराउने।
खोक्दा हाच्छुयूै गर्दा रुमालले नाकमुख छोप्ने।
मासु तथा मासुजन्य खानेकुरा राम्ररी पकाएर खाने।
पशुपंक्षि  संग सिधै सम्पर्क नगर्ने वा नजिकै नजाने,धेरै बेर सम्म पशुपंक्षि नजिकै नबस्ने ।

चर्चामा

सम्बन्धित समाचार