• होमपेज
  • समाज
  • नियम बिपरीत एम्बुलेन्स चलाएमा, चालकको सवारी अनुमती पत्र खारेज हुने

नियम बिपरीत एम्बुलेन्स चलाएमा, चालकको सवारी अनुमती पत्र खारेज हुने

  • बुधबार, बैशाख ३, २०७७
नियम बिपरीत एम्बुलेन्स चलाएमा, चालकको सवारी अनुमती पत्र खारेज हुने

बाजुरा ३ बैसाख– स्वामिकार्तिक गाँउपालिकाको एम्बुलेन्स लकडाउनमा यात्रु ओसारदै गरेको पाईएको छ । नेपालगञ्ज बाट बाजुराका लागि आएको शुदुरपश्चिम प्रदेश ००१ झ ३९१ नम्बरको एम्बुलेन्समा ६ जना यात्रु बोकेको थियो ।
सोही बिषयमा जिल्ला प्रशासन कार्यालय बाजुरामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले यसपछिका दिनमा एम्बुलेन्स चालकले पटक पटक गल्ती गरेको पाईएमा चालक अनुमती पत्र लाइसेन्स खारेज गर्ने निर्णय गरेको छ । बुधबार दिउसो जिल्ला प्रशासन कार्यालय बाजुराको कार्यालयमा कोबिड १९ संकट ब्यबस्थापन समितिको बैठकले सो निर्णय गरेको हो ।
एम्बुलेन्समा ६ जना सबै स्वामिकार्तिक गाँउपालिकाको रहेको प्रहरीले जनाएको छ । एम्बुलेन्समा बिरामीको अबस्था हेरेर बढिमा २ जना कुरुवा ल्याउन पाँउने ब्यबस्थापन भएपनि तर यो एम्बुलेन्सले भने यात्रु सहित बोकेको प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले वताएका छन् । यसरी एम्बुलेन्समा यात्रु बोक्नु सरासर गलत भएकोले मुद्धा चलाउने वताएका छन् । यसपछि यस्ता घटना दोहोरीएमा एम्बुलेन्स चालकको लाइसेन्स सवारी अनुमती पत्र समेत खारेज गर्ने निर्णय भइसकेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताएका छन् ।
त्यस्तै सो एम्बुलेन्समा सवार सबै जनालाइ १४ दिन क्वारेन्टाइनमा राखी रेपिड टेस्ट गरी नेगेटिभ भए थप ७ दिन होम क्वारेन्टाइनमा राख्न गाउँपालिकामा सिफारीस गरेको बैठकका सदस्य सचिव तथा सहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले बडिमालिका खवरलाइ बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार