बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • समाज
  • धनगढीमा एक लाख ३६ हजार नगदसहित सात जना जुवाडे पक्राउ

धनगढीमा एक लाख ३६ हजार नगदसहित सात जना जुवाडे पक्राउ

  • आइतवार, चैत्र ३०, २०७६
धनगढीमा एक लाख ३६ हजार नगदसहित सात जना जुवाडे पक्राउ

धनगढी : कोरोना रोकथामका लागि देशमा लकडाउन जारी रहेको अवस्थामा धनगढीमा एक लाख ३६ हजार नगद सहित सात जना जुवाडे पक्राउ परेका छन्। उप–महानगरपालिकाको वडा नम्वर २ बाट उनीहरुलाई एक लाख ३६ हजार दुई सय ६ रुपैँया नगद सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

वडा नम्वर २ का स्थानीय कृष्ण भण्डारीको घरमा जुवा खेलिरहेको अवस्थामा वडा नम्वर २ कै स्थानीय लोकेन्द्र भण्डारी, श्याम विष्ट, कृष्ण गुरागाई, तिलक अधिकारी, राम भट्ट र वडा नम्वर ३ का अरुण सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। #साभार

चर्चामा

सम्बन्धित समाचार